सोमबार, आषाढ २९, २०७७
    सावधान

    बाँकेमा मजदुर बाेकेकाे गाडी दुर्घटना हुँदा १२ जनाकाे मृत्यु

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, १९ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा ११ पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको प्रहरीले जनाएकाे छ ।

     

     

     

     

     

     

     

    भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन् ।

    उक्त दुर्घटनामा चार–पाँच जनाको अवस्था गम्भीर रहेकाे छ । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको जनाइएकाे छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast