सोमबार, आषाढ २२, २०७७
    कला-सौन्दर्य

    बहिनीलाई कोरोनाभाइरसबाट जोगाउन अक्षयले गरे पूरा फ्लाइट बुक

    आईतवार, १८ जेष्ठ २०७७, आहाखबर

    मुम्बई, १८ जेठ।कोरोना भाइरसको संक्रमणका कारण संसारका विभिन्न देश झैं भारत पनि लकडाउनको स्थितीमा छ जसका कारण धेरै मानिसहरु आफ्नो घरभन्दा टाढा फसेका पनि छन् ।

    यस्तो कठिन समयमा जोकोही पनि आफ्नो घर र परिवार भएठाउँ पुग्न चाहन्छन् । यसका लागि थुप्रै फिल्मी कलाकार मद्दतमा उत्रिएका छन् । यस्तै, थुप्रैलाई मद्दत गरिसकेका बलिउड नायक अक्षय कुमारले पनि आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।

    विमानमा चारजना यात्राः

    कोरोनाभाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ । यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast