सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    बालुवाटारमा मन्‍त्रिपरिषद् बैठक जारीः विदेशबाट नेपाली ल्याउने विषयमा छलफल

    शनिबार, १७ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। बैठकमा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले गरेको तयारी र थप व्यवस्थापनको विषयमा छलफल भइरहेको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा भारत लगायतका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कसरी ल्याउने भन्नेबारे छलफल भइरहेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणपछि समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेको छ।

    संसदीय समितिका बैठकमा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २५ हजार नेपालीहरूको उद्धार गर्ने तयारी भइरहेको बताएका थिए। शुक्रवार बसेको कोभिड १९ उच्चस्तरीय समितिको बैठकले प्राथमिकीकरण गरी समस्यामा रहेकाहरुलाई उद्धार गर्ने निर्णय गरेको थियो। बैठकले ७ देखि १० दिनभित्र नेपाली ल्याउने तयारी गर्ने योजना बनाएको थियो।

    समितिले दैनिक रूपमा दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपाली ल्याउन सकिने निश्कर्ष निकालेको थियो। उच्चस्तरीय समितिले त्यसबारे मन्त्रिपरिषद्लाई सुझाव दिने छ। भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो। यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बसेको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast