सोमबार, आषाढ २९, २०७७
    बिदेश

    कोरोना महामारीले अमेरिकामा रोजगार संकट, ४ करोडले मागे बेरोजगार भत्ता

    शनिबार, १७ जेष्ठ २०७७, आहाखबर
    वासिङटन, १७ जेठ। कोरोना भाइरस महामारीका कारण उद्योग व्यापार बन्द भएकाले अमेरिकामा दिन प्रतिदिन बेरोजगारी संख्या बढ्दै गएको छ । गत हप्तामा मात्र थप २१ लाख अमेरिकीले बेरोजगारी फाराम भरेको अमेरिकाको श्रम विभागले जानकारी दिएको छ । विभिन्न चरणमा गरेर अमेरिकामा अहिलेसम्म ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ता माग गरेका छन् ।

    अमेरिकामा अहिले बेरोजगारहरुको वृद्धिदर सन् १९४८ पछिकै सबैभन्दा धेरै पुगेको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै २ करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्चमा ७ लाख १० हजार मानिसले रोजगारी गुमाएका थिए । कोरोना भाइरस संक्रमण फैलिंदै गएपछि सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ ।

    स्वास्थ्य सतर्कता अपनाउनुपर्ने भएकाले यहाँका ३० करोड भन्दा बढी मानिस घरमै बसेको एक तथ्यांकले देखाएको छ । हालै सार्वजनिक एक प्रतिवेदनमा हरेक क्षेत्रमा रोजगारी कटौती भएको देखिन्छ । उद्योग व्यापार बन्द हुँदै जाँदा बेरोजगारलाई अमेरिकी सरकारले विभिन्न राहतका प्याकेज घोषणा गर्दै आएको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast