सोमबार, आषाढ २९, २०७७
    सावधान

    तुलसीपुरमा २८ बर्षिय युवककाे शब हत्या गरिएको अवस्थामा भेटियो

    शनिबार, १७ जेष्ठ २०७७, आहाखबर

    तुलसीपुर, १७ जेठ । तुलसीपुरमा एक युवकको हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजेको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

    अटोभिलेज देखि करिब डेढ सय मिटर उत्तर तर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेल आज बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक डम्बरपालको नेतृत्वमा घटना स्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ ।

    यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ३ जना युवकलाई नियन्त्रणमा समेत लिएको छ ।

    यसैविच सामुहिक आक्रमणबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका –१२ टरीगाउँ निबासी १५ बर्षका सुमन विक रहेको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरले जानकारी एिको छ । घाईते विकको बाँया हात भाँचिएको छ भने शरिका अन्य भागमा चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ ।

    उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर –३ नाउला निबासी सुनिल गिरी, विकास गुरुङ, श्याम गिरी, जीवन घर्ती लगाएत १५÷२० जनाको समूहले नाउलाको स्कुलमा साथीसंग बसीरहेका विकलाई कुटपिट गरेर घाईते बनाएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast