सोमबार, आषाढ २९, २०७७
    लाइफस्टाइल

    देशभर बिहानैदेखि माैसम बदली, काठमाडौंसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

    शनिबार, १७ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १७ जेठ । शनिबार पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहानैदेखि देशैभरकाे माैसम बदली भएकाे छ भने पश्चिम तराई, नवलपरासी, भरतपुरलगायत स्थानमा त अहिले वर्षा पनि भइरहेको छ।

    ‘काठमाडौं उपत्यकाका पनि केही स्थानमा सिमसिम पानी पर्न सुरु भइसकेको छ,’ शनिबार बिहान उनले भनिन्, ‘आज पूर्वका पनि, मध्यका पनि र पश्चिम क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना छ।’

    उनका अनुसार बीचमा केही घण्टा मौसम खुल्ने सम्भावना भए पनि पुनः बदलली भई वर्षा जारी रहने देखिएको छ। ‘आजलाई समग्रमा मौसम खुल्ने देखिन्न,’ उनले भनिन्।

    वर्षाका साथमा हावाहुरी/चट्याङकाे पनि उत्तिक सम्भावना रहेकाे माैमसविद्ले बताएका छन्। 

    आज राति पनि देशभर माैसम सामान्य बदली रही केही स्थानमा   मेघगर्जन/चट्याङ/हावाहुरीसहित  वर्षा जारी रहने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।  

    माैसमविद्का अनुसार अहिले देशमा पश्चिमी  वायुको आंशिक प्रभाव छ भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा पनि छ। यसैगरी स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि नेपाल प्रवेश गरिरहेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast