आईतवार, आषाढ २१, २०७७
    स्वास्थ्य

    नेपालमा पछिल्लो २४ घण्टामा १७० नयाँ सङ्क्रमित फेला, थप एकको मृत्यु

    शुक्रबार, १६ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपालमा शुक्रबार मात्र थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामै थप १७० जनाका सङ्क्रमण पुष्टि भएको हो।

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले १६५ पुरुष र पाँच जना महिला सङ्क्रमण भेटिएको बताए। २४ घण्टा सङ्क्रमण पुष्टि भएको यो संख्या हालसम्मकै सबैभन्दा धेरै  हो। यसअघि बिहीबार १५६ जनामा सङ्क्रमण देखिएको थियो। योसँगै कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २१२ पुगेको छ। यसमा एक हजार १०३ पुरुष र १०९ जना महिला छन्।

    कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २७ जनामा सङ्क्रमण देखिएको हो। उनीहरुमा झापा कचनाकवल गाउँपालिकाका २४ जना १८–४१ वर्षसम्मका पुरुष र तराईभिट्टाका तीन जना २४–५४ वर्षका पुरुष छन्।

    यस्तै, धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सङ्क्रमित रहेका छन। सप्तरी राजविराजका  २०–२६ वर्षका चार जना पुरुष र झापा भद्रपुरका ३४ वर्षका एक जना पुरुष रहेका छन्। यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना पुरुष सङ्क्रमित भेटिएका छन्।

    बारा पचौताका चार जना २७–४५ वर्षका पुरुष हुन्। पर्सा पोखरियाका चार जना २१–४२ वर्षका पुरुष रहेका छन्। पर्सा जिराभवानीका एक जना ३४ वर्षका पुरुष हुन्। यस्तै, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा सर्लाहीका ३१ वर्षीया एक महिला भेटिएका छन्।

    यस्तै, गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका ३० वर्षका एक पुरुषमा सङ्क्रमण भेटिएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डुडुवा गाउँपालिकाका १० जनामा सङ्क्रमण देखिएको छ। ती १७–४१ उमेर समूहका हुन्।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा छ जना पुरुषमा सङ्क्रमण देखिएको छ। कपिलवस्तुका चार जना पुरुष २३–२६ वर्षका पुरुष हुन्। यस्तै दुई जना नवलपरासीका १९–२१ वर्षका पुरुष छन्।

    यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा सङ्क्रमण देखिएको छ। धनुषा खजुरीका ५० वर्षीया एक महिलामा सङ्क्रमण देखिएको छ। सङ्क्रमण देखिएका कपिलवस्तु यशोधराका २३ जना ७–५२ वर्ष उमेर समूह हुन् र उनीहरु सबै पुरुष हुन्।

    रौतहट राजपुरका ५६ जना २२–७० वर्षसम्मका रहेका छन्। तीमध्ये ५४ पुरुष हुन् र दुई जना चार महिनासहितका बालिका छन्। यस्तै, सर्लाही कौदेना मलङ्गवाका चार जना १९–३० वर्षका तीन पुरुष र एक महिला रहेका छन्। भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ।

    तीमध्ये कपिलवस्तुका १५ जना १७–४४ वर्ष उमेर समूहका पुरुष हुन्। यस्तै, रुपन्देही सैनामैनाका २७ वर्षीय एक पुरुष रहेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा सङ्क्रमण देखिएको छ।

    दाङ गढवा गाउँपालिकाका दुई जना २८ देखि ४१ वर्षका पुरुष रहेका छन्। यस्तै कपिलवस्तु विजयनगरका नौ जना १७–५२ वर्षका पुरुष हुन्। अहिलेसम्म २०६ जना निको भई घर फर्केका छन्। यस्तै, पिसिआर ६४ हजार १५४ र आरडिटी एक लाख पाँच हजार ४८७ जनामा गरिसकिएको छ।

    एकको मृत्यु

    प्रवक्ता देवकोटाले आज थप एक जनाको कोरोनाका कारण मृत्यु भएको बताए। अर्घाखाँची भूमिस्थान घर भएका ३५ वर्षका ती पुरुषको भारतबाट नेपाल आउने क्रममा गत जेठ १० गते मृत्यु भएको हो। योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। मृतकका नजिकका रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast