सोमबार, आषाढ २९, २०७७
    राज्य-समाज

    बनेपाको १ घरमा आगलागी, ५ जना घाइते

    शुक्रबार, १६ जेष्ठ २०७७, आहाखबर

    बनेपा, १६ जेठ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा १ घरमा आगलागी भएको छ ।

    किचेनबाट ग्यासको पाइप लिक हुँदा बनेपा नरपालिका-७ पुरानो तरकारी बजारस्थित रत्न कुमार ठकुरीको ३ तले घरमा आगलागी भएको हो ।

    आज बिहान साढे ७ बजे ठकुरीको घरको तेस्रो तलामा आगलागी हुँदा घरभित्र रहेका ५ जना घाइते भएका छन् ।

    घाइतेको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast