सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    प्रधानमन्त्री कार्यालयमा सारीए स्वास्थ्य सचिव यादव कोइराला

    बिहिवार, १५ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १५ जेठ । स्वास्थ्य सचिव यादव कोइरालाकाे सरूवा भएको छ। कोइरालालाई स्वस्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सरूवा गरीएकाे प्रधानमन्त्री कार्यालय श्रोतले जनाएकाे छ ।

    स्रोतका अनुसार सचिव कोइरालाको सरूवा भएपछि प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालय पठाइएको छ।

    कोइराला तीन महिना अगाडि स्वास्थ्य सचिव बनेका थिए। कोरोना संक्रमणका बेला उनले राम्रो काम गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast