सोमबार, आषाढ २९, २०७७
    बिदेश

    फर्केर हेर्दा: आज स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको निधन भएको दिन

    बुधबार, १४ जेष्ठ २०७७, आहाखबर

    नयाँ दिल्ली, १४ जेठ।  २७ मे, सन् १९६४ मा स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको निधन भएको थियो । भारतमा संसदीय सरकार स्थापित गर्न र तटस्थ विदेश नीति अंगीकार गर्न सफल भएको र गान्धीकै आदर्श पछ्याएका कारण उनी निकै लोकप्रिय थिए । ११ पटकसम्म उनी नोबेल शान्ति पुरस्कारको मनोनयनमा परे, तर जित्न सकेनन् ।

    नेहरु काश्मिरी पण्डित समुदायका हुन्, त्यसैले उनलाई पण्डित नेहरु पनि भनियो । त्यस्तै बालबच्चाहरुले उनलाई ‘चाचा नेहरु’ भनेर सम्बोधन गथ्र्यें । १५ अगस्ट १९४७ देखि आफ्नो मृत्यु हुँदासम्म उनी भारतको प्रधानमन्त्री रहे ।

    नेहरुको मृत्युपछि पनि भारतको कांग्रेस पार्टी र सत्ता राजनीतिमा नेहरु परिवारको पकड कायमै रह्यो । उनकी छोरी इन्दिरा गान्धी र नाति राजीव गान्धी पनि कांग्रेस आईका तर्फबाट प्रधानमन्त्री बने । नातिनी बुहारी सोनिया गान्धी कंग्रेसको अध्यक्ष बनिन्  । सोनिया र स्वर्गीय राजीवका छोरा राहुल पनि पार्टी अध्यक्ष बने ।

    सन् १९६२ – भारतीय क्रिकेट टिमका चर्चित खेलाडी रवि शास्त्रीको जन्म । शास्त्रीले १९८१ देखि १९९२ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेले । त्यसयता, कमेन्टेटर तथा भारतीय क्रिकेट टिमको प्रशिक्षक बनेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast