सोमबार, आषाढ २९, २०७७
    सावधान

    क्वारेन्टिन बनाउँदा बनाउँदै कञ्चनपुरमा वडाध्यक्षको मृत्यु, काेराेना परीक्षणकाे तयारी

    बुधबार, १४ जेष्ठ २०७७, आहाखबर

    कञ्चनपुर, १४ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको निधन भएको छ। क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा मंगलबार राति हृदयाघातका कारण वडाध्यक्ष रानाको निधन भएको हो।

    राष्ट्रिय माध्यमिक विद्यालयमा क्वारेन्टिनका तयारी गर्ने क्रममा एक्कासि बेहोस भएका ५५ वर्षीय वडाध्यक्ष रानाको निधन भएको कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता रानाले बतान्। भारतबाट आउने मान्छेलाई राख्न क्वारेन्टिन तयार गर्दा गर्दै राति ११ बजे उहाँ एक्कासि बेहोस भएकाे उनकाे भनाइ छ।

    अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अब उनको कोरोना परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए। ‘पाेस्टमार्टकाे तयारी छ, कोरोना परीक्षणका लागि नमुना पनि लिन्छौं,’ उनले भने।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast