सोमबार, आषाढ २९, २०७७
    सावधान

    आइसोलेसनमा रहेकी एक गर्भवतीको मृत्यु, कोरोना भएको आशंका

    मंगलवार, १३ जेष्ठ २०७७, आहाखबर

    सप्तरी, १३ जेठ । होम आइसोलेसनमा रहेकी सप्तरीकी एक महिलाको मृत्यु भएको छ । ती महिला गर्भवती रहेकी थिइन । 

    ती महिलामा कोरोनाको संक्रमण हुन सक्ने आशंका गरिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ की २४ वर्षीया ती गर्भवती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 

    १० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००.२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत ८ जेठमा राजविराज स्थित डा.विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।

    उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए स्वास्थ्य प्रमुख यादवले बताए ।

    २ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि आजै उनको स्वाब लिने जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast