सोमबार, आषाढ २९, २०७७
    सावधान

    भक्तपुरमा टिपरको ठक्करबाट प्रहरी नायब निरीक्षकको मृत्यु

    मंगलवार, १३ जेष्ठ २०७७, आहाखबर

    भक्तपुर, १३ जेठ। भक्तपुरमा टिपरको ठक्करबाट प्रहरी नायब निरीक्षक(सई) को मृत्यु भएको छ।

    सोमबार राति साढे ९ बजेतिर नयाँठिमीको बालकुमारी चोकमा ड्युटी रहेका सई निमबहादुर घर्तीलाई टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको टिपर र पछिसँगै आउँदै गरेको बा ४ ख ४३१८ नम्बरको टिपरले एकैसाथ नयाँठिमी बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई जाँदा नयाँठिमी चोकमा सिआरभी ड्युटीमा खटिका खटिएका घर्तीलाई ठक्कर दिएको थियो।

    घाइते घर्तीलाई सोही एरियामा गस्तीमा रहेका डिएसपी ऋषिराम कँडेलको टोली तत्कालै मध्यपुर ठिमी अस्पताल पुर्‍याएको थियो।

    घर्तीको टाउकोमा  गम्भीर चोट  लागेको थियो। पछि उनलाई थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast