सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन मंगलबारदेखि शुरु

    मंगलवार, १३ जेष्ठ २०७७, आहाखबर

    धनगढी, १३ जेठ । सुदूरपश्चिम प्रदेश सभाको छैठौं (बजेट) अधिवेशन आज (मंगलबार) देखि सुरु हुँदैछ। वर्षे अधिवेशन समेत भनिने यो अधिवेशनमा मुलतः सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको प्रस्तुति, छलफल र अनुमोदन हुने गर्दछ।
     
    कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर यो अधिवेशन सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा सचिवालयले अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।

    प्रदेश सभा सचिव रामसिंह धामीले प्रदेश सभा कक्ष सेनिटाइज गर्ने, सभा परिसरमा मास्क, पञ्जा, सेनिटाइजर लगायतको व्यवस्था गरिएको बताए। उनले प्रदेश सभाभित्र पनि आवश्यक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको बताए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast