सोमबार, आषाढ २९, २०७७
    स्वास्थ्य

    नुवाकोटका पहिलो संक्रमित नेकपा नेता, ककनी दस दिनका लागि सिल

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    नुवाकोट, १२ जेठ । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्ति नेकपाका नेता भएको खुलेको छ। यसैकारण उनको सम्पर्क धेरै जनासँग भएको आशंकामा उनको घर रहेको ककनी गाउँपालिकाको वडा नम्बर ३ संक्रमण पुष्टि भएको आइतबार साँझदेखि नै १० दिनका लागि सिल गरिएको छ।

    गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आइतबार साँझै विज्ञप्ति जारी गरी ककनी वडा नम्बर ३ मा अब १० दिनका लागि हिँडडुल गर्न नपाइने, वडामा रहेका सबै सरकारी कार्यालयसमेत बन्द रहने गरी घरबाट निस्कन नपाइने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्।

    nuwakot

    अध्यक्ष लामाका अनुसार  संक्रमित व्यक्ति नेकपाका नेता हुन्। साथै प्रदेश खानेपानी योजनाका केन्द्रीय सदस्यसमेत भएकाले उनी काठमाडौं ओहोदोहोर गरिरहन्थे। पछिल्लोपटक उनी यही जेठ ५ गते काठमाडौं आएका थिए। 

    ‘उहाँको धेरै जनासँग सम्पर्क भएकाले हामीले उहाँको घर रहेको वडा नम्बर ३ लाई आइतबार साँझदेखि लागू हुने गरी १० दिनका लागि सिल गरेका हौं,’ अध्यक्ष लामाले भने।

    नुवाकोट जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार संक्रमित व्यक्तिलाई आइतबार साँझै काठमाडौंको टेकु अस्पतालमा ल्याइएको जानकारी दिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast