आईतवार, आषाढ २१, २०७७
    सावधान

    भरतपुर अस्पतालकाे आईसीयूमा एक बिरामीको मृत्यु

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    चितवन, १२ जेठ । भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।

    आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए ।

    ‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्‍यौं तर बचाउन सकिएन’ डा. पौडेलले भने ।

    बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको शव आईसीयूमा नै रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast