आईतवार, आषाढ २१, २०७७
    विज्ञान/प्रविधि

    भारतीय ह्याकरद्वारा नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, १२ जेठ ।  भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो । 

    भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो ।

    इन्डियन साइबर ट्रँपस नामको समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्याक गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गरिरहन खोजिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast