सोमबार, आषाढ २९, २०७७
    स्वास्थ्य

    वीरगञ्जमा एकै परिवारका १८ जनाले जिते कोरोना

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    पर्सा, १२ जेठ। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट कोरोना संक्रमण मुक्त भएपछि एकै परिवारका १८ जना घर फर्किएका छन् ।  

    उनीहरूको पछिल्ला २ वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती घर पठाइएको अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्य रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध रहेका डा. सिंहले बताए । 

    उनीहरू गत २१ वैशाखमा १ युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरूको परीक्षण गरिएको थियो । परीक्षणमा ति युवकको परिवारका १७ जना सदस्यमा २४ वैशाखमा संक्रमण पोजिटिभ देखिएको थियो ।   

    एकै दिन १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड–१९ अस्पतालमा गरी ७२ जना संक्रमितको उपचार जारी छ ।   

    शनिबार पनि नारायणी अस्पतालबाट ७ जना पनि कोरोना जितेर डिस्चार्ज भएका थिए । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या  १ सय ५ पुगेको छ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast