सोमबार, आषाढ २९, २०७७
    स्वास्थ्य

    थप पाँच जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६०८

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, १२ जेठ। नेपालमा थप पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा बाँकेका चार र बदिर्याका एक जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ।

    त्यस्तै, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका –५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ। आइतबार मात्रै १९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको थियो । शनिबार ६८, शुक्रबार ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast