सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    कांग्रेसले भन्योः महाकाली पूर्वको भूभाग नेपालको हो, त्यहाँ निर्वाध रुपमा नेपालको हक स्थापित हुनुपर्छ

    आईतवार, ११ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्ने भएको छ। कांग्रेस केन्द्रीय पदाधिकारीको आजको बैठकले केन्द्रीय कार्यसमितिबाट संविधान संशोधनको विषमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने सहमति गरेको हो।

    सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै निशान छाप संशोधन गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माका अनुसार संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने सहमति बनेको छ।

    उनले भने, ‘सुगौली सन्धिको जगमा महाकाली पूर्वको भूभाग नेपालको हो र त्यहाँ निर्वाध रुपमा नेपालको हक स्थापित हुनुपर्छ। तर, संविधान संशोधन गर्ने विषयमा कसरी प्रस्तुत हुने भन्ने निर्णय केन्द्रीय कार्यसमितिबाट निर्णय लिने सहमति भएको छ।' नक्सामा समेटिएका यी भूभागलाई आफ्नो अधीनमा ल्याउन प्रभावकारी कूटनीतिक पहलको लागि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

    ‘सुगौली सन्धिमा जे कुरा लेखिएको छ त्यसैअनुसार नेपाली भूमि फिर्ता हुनुपर्छ। लिम्पियाधुराबाट आएको नदीलाई हामी महाकाली भन्छौँ, भारतीयहरू काली भन्छन्। यस नदीपूर्वका सबै भूभाग नेपालका हुन्,’ गोपालमान श्रेष्ठले भने, ‘सरकारले ढिलै भए पनि नक्सा ल्याउनु सकारात्मक छ। अब उच्चस्तरीय कूटनीतिक पहल गरेर ती भूमिमा हाम्रो उपस्थिति हुनुपर्छ भन्ने कांग्रेसको भनाइ हो।’

    कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को विषयमा विषयान्तर भएको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउने, क्वारेन्टाइनको मापदण्ड अनुसार व्यवस्थापन गर्न अपील गर्ने निर्णय समेत गरेको छ। कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न समेत कांग्रेसले माग गरेको छ। विदेशमा अप्ठेरोमा परेका नेपालीहरूलाई छिटो नेपाल फिर्ता ल्याउन समेत कांग्रेसले माग गरेको छ।

    भारततर्फको सीमामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले ल्याउन र क्वारेन्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले राख्न समेत माग गरेको छ। ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा कटौती गर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रे प्रवक्ता शर्माले बताए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast