सोमबार, आषाढ २२, २०७७
    खेल संसार

    जर्मन बुन्डेसलिगामा बार्यन शीर्षमै, यस्तो छ ५ खेलको नतिजा

    आईतवार, ११ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ११ जेठ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएर पुनः सुचालु भएको जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख शीर्ष स्थानमा कायमै रहेको छ । 

    पुनः थालिएको लिगका लगातार दुई खेलमा बायर्नले जित निकालेको छ । शनिबार राति बायर्नले फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गर्यो । 

    घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो ।

    फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए ।

    अन्य खेलको नतिजा
    बोरुसिया मोन्चेनग्लाडबाच १–३ बायर लिभरकुजेन
    फ्रेबर्ग ०–१ वेडर ब्रेमेन
    पेडरबर्न १–१ ओफनहेम
    वुल्भ्सबर्ग ०–२ बोरुसिया डर्टमन्ड

    अंक तालिका
    जितसँगै बायर्नले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । बायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ । 

    दोस्रो स्थानको बोरुसिया डर्टमण्डको २७ खेलबाट ५७ अंक रहेको छ । तेस्रो स्थानको बायर लिभरकुजेनको २७ खेलबाट ५३ अंक छ । 

     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast