सोमबार, आषाढ २९, २०७७
    बिदेश

    नेपालविरुद्ध खनिएका भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउने तयारी

    आईतवार, ११ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ११ जेठ । केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भएका भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ ।

    मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकी पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो । अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

    पत्रकार गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रममार्फत बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको जनाइएको छ । प्रहरीले आफूलाई समात्ने देखेपछि उनले मुद्दा खारेजीको मागसहित केस चलाउनै पर्ने भए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गर्नुपर्ने जिकिर बोकेर दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

    न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो । त्यस्तै, गोस्वामीले केही समयअघि भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी बिरुद्ध पनि लगातार प्रहार गरेका थिए ।

    उनले सोनियामाथि पालगार भन्ने स्थानमा भएको सामूहिक संहारको घटनामा विना प्रमाण मुछेका थिए । उनीविरुद्ध अदालतले १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन (मुद्दा चलाउन) प्रहरीलाई आदेश दिएको जनाइएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast