मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    भारतीय क्‍वारेन्टाइनमा एक नेपालीको मृत्यु

    शनिबार, १० जेष्ठ २०७७, आहाखबर

    बुटवल। भारतीय क्‍वारेन्टाइनमा रहेका एक जना नेपालीको मृत्यु भएको छ। भारतमा रोजगारी गरी घर फर्कने क्रममा शनिबार भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा नेपाली युवाको मृत्यु भएको हो।

    क्वारेन्टाइनमा रहेका एक नेपाली युवाको मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधीर सिंहले बताए। मृत्यु हुनेमा स्याङजाको हरिनाथ नगरपालिका-२ चिसापानीका ३५ वर्षीय युवा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। यसबारे थप जानकारी लिने प्रयास भइरहेको प्रशासन कार्यालयले जनाएको छ।

    लकडाउनका कारण स्वदेश आउन नपाएका ती युवा जेठ ५ भारतीय क्वारेन्टाइनमा बसेका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टाइनमा ल्याएपछि मृत्यु भएको बताइएको छ। हाल सीमानाका सुनौली नजिकैको नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast