शुक्रबार, आषाढ १९, २०७७
    सावधान

    राैतहटमा राँगाको आक्रमणबाट महिलाकाे ज्यान गयाे

    शनिबार, १० जेष्ठ २०७७, आहाखबर

    रौतहट, १० जेठ । रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

    बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो । 

    अन्य तीनजना महिलासंग वनबाट  दाउरा ल्याउँदै गर्दा  शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् । 

    रौतहटको पूर्वीभेग वनबाट जोडिएको सर्लाहीका तस्करहरुले वनबाट काठ तस्करी गर्न राँगाहरु प्रयोग गर्दछन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast