शनिबार, जेष्ठ २४, २०७७
    राज्य-समाज

    नरेन्द्र मोदीलाई नयाँ नक्सासहित बेलायतका नेपालीले पठाए विराेधपत्र

    शनिबार, १० जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १० जेठ । बेलायतमा रहेका चार नेपाली राजनीतिक दलका निकट संगठनले संयुक्त रूपमा नेपालको नयाँ नक्सासहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण पत्र पठाएका छन्।

    भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको विरोधमा एकताबद्ध हुँदै उनीहरूले हुलाकमार्फत बेलायतस्थित भारतीय हाई कमिसनमा विरोधपत्र पठाएका हुन्।

    सत्तारूढ नेकपानिकट प्रवासी नेपाली एकता मञ्च, कांग्रेसनिकट जनसम्पर्क समिति यूके, जनता समाजवादी पार्टीनिकट नेपाली समाज यूके र राप्रपानिकट प्रवासी नेपाली एकता समाज यूकेले संयुक्त रूपमा नेपाली भूभाग अतिक्रमणविरुद्ध भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका हुन्।

    भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएर नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको उनीहरूले जनाएका छन्।

    नेपाल सरकारले हालै जारी गरेको नयाँ नक्सासहित एक ठाउँमा भेला भएर ती संगठनले भारतीय अतिक्रमणको चर्को विरोध गरे। नेपालको भूमि प्राप्त गर्न ठोस कूटनीतिक पहल हुनुपर्नेमा जोड दिँदै उनीहरू भारतमा विरोधपत्र पठाउन लन्डनको रेनर्स लेनस्थित पोस्ट अफिस पुगेका थिए ।

    प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सीमा अतिक्रमणको विरोधमा विश्वका सबै नेपाली एकजुट हुनुपर्ने बताए। उनले प्रमाणका आधारमा नेपालको अतिक्रमित भूमि भारतले फिर्ता गर्नुपर्ने कुरामा जोड दिँदै राष्टियताको आन्दोलनमा सबै नेपालीलाई एकठाउँ उभिन आह्वान गरे।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast