मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति दुःख व्यक्त

    शुक्रबार, ९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन्। पूर्वराज्यमन्त्री चौधरीको आज बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो।

    सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। स्व चौधरीले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन्।

    स्व चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०५६ मा संसद्मा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री भएका थिए। स्व चौधरीले विसं २०२८ मा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेको काँग्रेसले जनाएको छ। पार्टीका विभिन्न पदमा रहेर स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका दुई श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast