शनिबार, जेष्ठ २४, २०७७
    राज्य-समाज

    केहिबेरमा बस्दै मन्त्रिपरिषद बैठक, विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल हुने

    शुक्रबार, ९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ९ जेठ ।  केहिबेरमै मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

    केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

    शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने पनि बताइएकाे छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast