शनिबार, जेष्ठ २४, २०७७
    स्वास्थ्य

    थप ३ जनामा काेराेना पाेजेटिभ, संक्रमितकाे संख्या ४ सय ५७ पुग्याे

    शुक्रबार, ९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ९ जेठ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याेसँगै काेराेना संक्रमितकाे संख्या ४ सय ५७ पुगेकाे छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल  नेपालगन्ज  र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

    जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी  १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

     

     

     

     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast