शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५३ पुग्यो, ४९ जना सङ्क्रमण मुक्त

    बिहिवार, ८ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ। आज दिउँसो थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

     नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म ३८ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ।

    काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्केका छन्। निको हुनेमा दुई महिला तथा दुई पुरुष रहेका छन्। डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ।

    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast