शनिबार, जेष्ठ २४, २०७७
    राज्य-समाज

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म लागि राेक

    बिहिवार, ८ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ८ जेठ । सरकारले जेठ मसान्तसम्मका लागि सम्पूर्ण हवाई उडान रोक लगाउने निर्णय गरेको छ ।

    कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

    यस अघि जेठ २० गतेसम्म लकडाउन लम्बिरहेको बेला सो समितिले हवाई उडानलाई जेठ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो । गत चैत ११ देखि जारी लकडाउन आगामी जेठ २० सम्मका लागि कायम गरिए सँगै हवाई उडानको समय पनि थपिएको हो । यस अघि जेठ १८ सम्म उडानहरु रोक्ने निर्णय भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast