शनिबार, जेष्ठ २४, २०७७
    लाइफस्टाइल

    आजकाे मौसम पूर्वानुमान: हिमपातसहित वर्षाको सम्भावना

    बिहिवार, ८ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, ८ जेठ।  आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, मध्यम वर्षादेखि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

    २४ घण्टामा पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले खोलानालामा जलप्रवाहसमेत बढ्ने भएकाले आवश्यक  सतर्कता अपनाउन मौसमविद्ले अनुराेध गरेका छन् । 

    मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको अम्पुन चक्रवात जमिनमा प्रवेश गरिसकेको र कमजोर हुने क्रममा रहेको छ ।


    हाल देशमा यो प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले मौसममा सधुार आउन नसकेको हो ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast