शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    बिहिबार बिहानै थपिए १७ जना कोरोना सन्क्रमित, को कहा बाट?

    बिहिवार, ८ जेष्ठ २०७७, आहाखबर

    काठमाडौंः नेपालमा बिहीबार बिहानै थप १७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित झापा, धनकुटा र सुनसरीका रहेका छन् ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार संक्रमितमध्ये १५ जना झापाको कचनाकवल गाउँपालिकाकन रहेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषहरूमा कोरोना भेटिएको हो ।

    यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको अधिकारीले जानकारी दिएका छन् ।

    उनीहरूको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ । कोरोनाका कारण दुईजनाको मृत्यु हुँदा ४५ जना निको भएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast