शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    तीन बालिकासहित थप २५ जनामा देखियो कोरोना सङ्क्रमण

    बुधबार, ७ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपालमा बुधबार थप २५ जना कोरोना संक्रमित थपिएका छन्। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी (पश्चिम) जिल्लामा नयाँ २५ जना सङ्क्रमित फेला परेको जानकारी दिए।

    नयाँ थपिएकासँगै कुल सङ्क्रमित ४२७ जना पुगेका छन्। थपिएका सङ्क्रमित तीनदेखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका प्रवक्ता देवकोटाले जानकारी दिए। नयाँमा तीन बालिका छन्। नयाँ सङ्क्रमितमा बाँकेका छ जना छन्। नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन्। कपिलवस्तुमा १३ सङ्क्रमित छन्। नयाँ सङ्क्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन्।

    महाराजगञ्ज गाउँपालिका  ३, ४ र ६ वर्षीया बालिकामासमेत सङ्क्रमण देखिएको छ। सोही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र चार पुरुषमा १२, २०, २४ र ३४ वर्षका छन्। धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी (पश्चिम)का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको उनले बताए। अहिलेसम्म सङ्क्रमितमा ३५८ पुरुष र ६९ महिला छन्।

    अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको छ। यसैगरी आज कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन्। अहिलेसम्म ४५ जना घर फर्किएका छन्। क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast