शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    कालीमाटीका डेढ सय प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

    बुधबार, ७ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ७ जेठ । महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ ।

    महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

    सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्रहरी कार्यालय पनि शिल गरिएको छ ।

    स्रोतका अनुसार रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो ।

    संक्रमण सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast