शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    अब पैसा तिरेर आफ्नो इच्छाअनुसार कोरोना जाँच गर्न पाइने

    बुधबार, ७ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, ७ जेठ। अब पैसा तिरेर आफ्नो इच्छाअनुसार कोरोना जाँच गर्न सकिने भएको छ । सरकारले पिसिआर परीक्षणको दायरा बढाउने क्रममा नीतिगत निर्णय गर्दै आफै पैसा तिरेर कोरोना जाँच गराउन चाहनेलाई बाटो खोलिदिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट गोपनीयता कायम गर्ने र नियमित रिपोर्टिङ गर्ने सर्तमा सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षणको अनुमति दिएको बताए । लक्षण नभएका व्यक्तिहरूले पिसिआर परीक्षण स्वेच्छाले गर्न चाहेमा स्वदेशी तथा विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थामा परीक्षण गराउन पाउनेछन् । परीक्षणको शुल्क भने संस्थाले आफ्नो मापदण्डका आधारमा तय गर्नेछन् ।

    पिसिआर परीक्षणको शुल्क कम्तीमा पनि १५ हजार रुपैयाँ लाग्ने विज्ञहरू बताउँछन् । बढी संक्रमण देखिएको प्रदेश २ र प्रदेश ५ मा दश–दशजना चिकित्सक पठाउने मन्त्रालयले निर्णय गरेको छ । ​

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast