मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    शक्तिशाली अम्पुन चक्रवात 'आँधी' आज जमिनमा प्रवेश गर्ने मौसमविद्काे चेतावनी

    बुधबार, ७ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, ७ जेठ । भारत बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण आज (बुधबार) देखि तीन दिन अर्थात् (शुक्रबार) सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखााका मौसमविद् वरुण पौडेलले अहिलेसम्मको अनुमानअनुसार आज विशेषगरी यसले पूर्वी क्षेत्रमा बढी प्रभाव परिररहेकाे छ। साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि यसको बादल आइरहेकाे छ।

    ‘विशेषगरी पूर्वी क्षेत्रमा आज गड्यागुडुङ, चट्याङ र हुरीबतासहित मध्यमसम्म वर्षा हुने सम्भवना छ,’ मौसमविद् पौडेलले भने, ‘काठमाडौंलगायत मध्य क्षेत्रमा पनि मौसम बदली तथा वर्षा हुने देखिएको छ।’

    उनका अनुसार नेपालमा अम्पुनको मुख्य प्रणाली नेपाल प्रवेश गरेको होइन। मुख्य प्रणाली प्रवेश गथ्र्याे भने धेरै ठूलो क्षति हुन सक्थ्यो।

    ‘यसको अप्रत्यक्ष प्रभाव अर्थात् चक्रवातको बाहिरी घेरोका बादल मात्र नेपालमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसैको प्रभावले अब तीन दिनसम्म देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना देखिएको हो।

    मौसमविद् पौडेलका अनुसार बंगालको खाडीमा रहेको चक्रवात आज दिउँसोतिर पश्चिम बंगालको तटीय क्षेत्र (पश्चिम बंगाल–बंगलादेश कोस्ट) मा प्रवेश (ल्यान्डफल) गर्दैछ,’ मौसमविद् पौडेलले भने, ‘त्यसपछि यसले कुन दिशा र कस्तो रूप लिन्छ, त्यसले नेपाल पर्ने थप प्रभाव निर्धारण गर्छ, त्यो हामी अपडेट गर्नेछौं।’

    उनका अनुसार अहिले अम्पुन चक्रवात उत्तर–उत्तर पूर्व सरिरहेको छ। यसैकारण यसको प्रभाव नेपालको पूर्वी भागमा बढी पर्ने भएको हो।

    ‘मध्य भागसम्म पनि पर्छ तर सुदूरपश्चिम कर्णालीतिर यसको प्रभाव पर्दैन,’ उनले भने, ‘विशेषगरी प्रदेश १ र २ मा यसको प्रभाव पर्ने देखिन्छ।’

    नवलपरासीदेखि पूर्व अम्पुन चक्रवातको प्रभाव पर्ने उनको अनुमान गरिएको उनले बताए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast