शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    जर्मनी र अन्य युरोपियन मुलुकबीच सीमानाका खुला गर्ने सहमति

    मंगलवार, ६ जेष्ठ २०७७, आहाखबर

    बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केल र अन्य युरोपियन नेताहरुबीच मंगलबार विस्तारै सीमानाका खुला गर्दै जाने र कोरोना महामारी कम भएसँगै प्रतिबन्धहरु हटाउँदै लैजाने सहमति भएको छ ।

    चान्सलर मर्केल र पोल्यान्ड, हंगेरी, चेक रिपब्लिक र स्लोभाकियाका प्रधानमन्त्रीबीच भिडियो संवाद भइसकेपछि यस्तो घोषणा गरिएको जर्मन चान्सलरका प्रवक्ता स्टेफेन सयइबेर्टले जानकारी दिएका छन् ।

    नेताहरुबीच कोरोना महामारीको संक्रमण नियन्त्रणका विषयमा गम्भीर छलफल भएको र संक्रमण नियन्त्रणका लागि अपनाइएका उपायहरु आदानप्रदान भएको प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, 'उनीहरुबीच विस्तारै सीमानाका प्रतिबन्धहरु खुला गर्दै जाने र महामारीको अवस्था नियन्त्रणमा विशेष ध्यान दिने सहमति भएको छ ।'

    जर्मनी चान्सलर मर्केल र चेक रिपब्लिकका प्रधानमन्त्री एन्ड्रेज बाबिसबीच भएको द्विपक्षीय संवादका क्रममा सीमा क्षेत्रमा मानिसहरु र व्यापार व्यवसायमा लगाइएको प्रतिबन्ध घटाउँदै लैजाने सहमति भएको छ । दुवै मुलुकबीच ८१७ मिलोमिटर सीमा जोडिएको छ ।

    जर्मनीलगायतका युरोपियन मुलुकहरुमा पछिल्लो समय कोरोना संक्रमण र संक्रमणबाट मृत्यु दरमा कमी आएको छ । - सीएनएन

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast