शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    नेपालमा पहिलो पटक डाक्टरमा देखियो कोरोना संक्रमण

    मंगलवार, ६ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो।

    चिकित्सक ललितपुर निवासी हुन्। मंगलवार स्वास्थ्य मन्त्रालयले ललितपुरका एक जनामा कोरोना पुष्टि भएको बताएको थियो। मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ।

    जसमध्ये एक जना चिकित्सक हुन्। कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना देखिएको हो। यसअघि नर्सहरुमा कोरोना भाइरस संक्रण देखिएको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast