शनिबार, जेष्ठ १७, २०७७
    सावधान

    कोरोनाबाट बच्न तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान सुझाब

    मंगलवार, ६ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर जोकोहीले पनि स्वेच्छाले कोरोना भाइरसको परीक्षण गर्न पाउने बताएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमणको आशंका लागेका वा त्रासमा रहेको विदेशी तथा नेपाली नागरिकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने निर्णय भएको बताएका हुन् ।

    ‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा जाँच गराउन पाउने व्यवस्था गरेका छौं,’ उनले भने । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता पनि राख्नुपर्ने बताइएको छ ।

    उनले बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर मात्र खान सुझाब दिए। कोरोना भाइरस खाद्यवस्तुको सतहमा पनि रहने भएकाले बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान डाक्टरले सुझाव दिएका हुन् ।

    भाइरसलाई बाँच्न आवश्यक पर्ने कोष तरकारी र खानेकुरामा नहुने तर तरकारी र खानेकुराको सतहमा रहेको भाइरस छोएर शरीरमा सर्ने जोखिम भएकोले सफा गरेर मात्र खान डाक्टर देवकोटाले आग्रह गरे।

    थुकको छिटाबाट कोरोना सर्न सक्ने भएकोले व्यक्तिगत दूरी कायम राख्न र समय समयमा हात मिचीमिची साबुनपानीले धुने जस्ता सुरक्षाका उपाय अपनाउन पनि उनले सुझाब दिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast