शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    सेनाले चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने

    मंगलवार, ६ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, ६ जेठ । नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने भएको छ ।

    सेनाले स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी  चीनको ग्वान्जा पठाएको थियो । 

    वाइडबडी जहाजमार्फत् १८ टन मेडिकल सामग्री ल्याइने र त्यसको सबै प्रक्रिया पूरा भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

    यसअघि सेनाले ग्वान्जाओबाट १० वटा कन्टेनर मार्फत ९ टन स्वास्थ्य समाग्री काठमाडौं ल्याइसकेको छ । ग्वान्जाओबाट १३ दिन लगाएर सेनाले शनिबारमात्रै स्वास्थ्य समाग्री काठमाडौं ल्याएको थियो । 

    यसअघि २३ वैशाखमा चार्टर्ड जहाज पठाउने तयारी गरेको सेनाले स्वास्थ्य समग्रीको भन्सार प्रक्रिया ढिलाहुँदा चार्टर्ड जहाज पठाउन सकेको थिएन ।

    सेनाले खरिद गरेको मेडिकल सामाग्री ल्याउन ठेक्का फ्ल्यास फ्रेट लजिस्टिकले पाएको छ । सेनाले चिनियाँ कम्पनी सिनोफार्म इन्टरनेसनलसँग २ अर्ब २५ करोड रुपैयाँको स्वास्थ्य समाग्री खरिद गरेको छ । 

    जस अन्तर्गत स्वास्थ्य सामग्री (पीपीई), एन ९५ मास्कलगायतका ३ सय ४२ टन स्वास्थ्य सामग्री छन् । त्यसरी नै सेनाले भारतीय कम्पनी बीपीपीआईसँग समेत औषधी खरिदको लागि २१ वैशाखमा १ करोड ५० लाखको खरिद सम्झौता गरिसकेको छ ।

    १६ चैतमा सरकारले सेनालाई कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियो । 

    जीटुजी प्रक्रियमा जादाँ स्वास्थ्य समाग्री ल्याउन केही समय ढिला भएको सैनिक मुख्यालयको भनाइ छ ।
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast