शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    कोरोनाबाट बच्न यस्ताे औषधी खाइरहेकाछन् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

    मंगलवार, ६ जेष्ठ २०७७, आहाखबर

    वासिङटन, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन् ।

    सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोधेका थिए । यसबारे ट्रम्पले भने, ‘म करिब डेढ हप्तादेखि यसको सेवन गरिरहेको छु र म यहाँ तपाईंहरु सामू उभिएको छु । मेरो तर्फबाट यही प्रमाण हो । यसबारे निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।’

    मलेरिया रोगको उपचारमा प्रयोग हुने यो औषधीको ट्रम्पले सुरुमा मजाक उडाएका थिए ।

    यसको प्रभावकारिताबारे अमेरिका भित्रै पनि थुप्रैको भिन्न मत छ । यसबारे क्लिनिकल ट्रायल पनि चलिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast