शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    पाँच जना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि

    सोमबार, ५ जेष्ठ २०७७, आहाखबर

    श्रीनगर। जम्मु–काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।

    सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक विरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ।

    छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा सङ्क्रमण भएको पुष्टि गर्दै भने, 'सोमबार प्राप्त रिपोर्टमा पाँच चिकित्सकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार जनाले कोभिड–१९ बाट सङ्क्रमण भएका एक विरामीको उपचारमा खटिएका थिए।'

    संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयका अनुसार जम्मु–काश्मिरमा सोमबारसम्म एक हजार १८३ जना सङ्क्रमित रहेका छन् भने सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको छ। -रासस/एएनआई

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast