शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    अमेरिकन आइडलकाे दोस्रो उपाधि जित्न सफल भए नेपाली युवा दिवेश पोखरेल

    सोमबार, ५ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ५ जेठ । अमेरिकन आइडलको उपाधि प्रतिश्पर्धामा रहेका नेपाली गायक दिवेश पोखरेल दोस्रो भएका छन् । यसको उपाधि भने जस्ट सामले जितिन् । नेपाली गायक दिवेश पोख्रेललाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।

    उपाधि जित्न नसके पनि अन्तिम दुई सम्म आइपुगेका दिवेशले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    यहाँ सम्म आइपुग्नु पनि निकै ठूलो भएको र नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास रहेको उनले बताए । उनले आफूलाई भोट दिनुहुने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।

    संसारबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको भन्दै उनले यस्तै सहयोग आगामी दिनमा पनि गरिदिन अनुरोध पनि गरेका छन् । ‘अर्थर गन’को उपनामबाट परिचित दिवेशले अमेरिकन आइडलको अडिसनदेखि टप २ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका थिए । तर उपाधि भने जित्न सकेनन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast