शनिबार, जेष्ठ १७, २०७७
    बैंक-बीमा

    एनआईसी एशियाले ऋणीलाई जेठमा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

    आईतवार, ४ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, ४ जेठ। एनआईसी एशिया बैंकले आफ्ना ऋणीहरूलाई दिँदै आएको ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिने भएको छ । यसअघि बैंकले आफ्ना ग्राहकसमक्ष ऋणीहरूले वैशाखसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता र ब्याज रकम वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिमाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । बैंकले वैशाखको यो योजनालाई जेठमा पनि निरन्तरता दिने घोषणाा गरेको छ ।


    नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २ प्रतिशत ब्याज छुटको अलावा जेठसम्ममा तिर्नुपर्ने सम्पूर्ण वक्यौता रकम सोही मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिमाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहकलाई ल्याएको जनाइएको छ ।

    बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैतभित्र भुक्तानी गरेका ऋणीहरूको हकमा नियमित ब्याजको १० प्रतिशतले हुन आउने छुट ग्राहकको खातामा जम्मा गरिसकेको बताएको छ । वैशाखसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता र ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरेका ग्राहक महानुभावहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेठको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने जनाइएको छ ।
    यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने बताइएको छ । बैंकले जेठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिमाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरेको छ ।
    बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैतको आधार दर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरूको हकमा लागू हुने छैन । बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरूको ब्याजदर बैंकको चैत्रको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बताएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast