शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    थपिए बिहानै १० संक्रमित, नेपालमा संक्रमित संख्या २९१ पुग्यो

    आईतवार, ४ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैँ, ४ जेठ । नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ ।

    आइतबार बिहानै १० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरू सबै राैतहट निवासी रहेकाे मन्त्रालयकाे भनाइ छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी राैतहटकै इशनाथ न.पा.- ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।

    थपिएका दशै जना पुरूष रहेकाे मन्त्रालयकाे भनाइ छ । उनीहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेकाे छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast