मंगलवार, जेष्ठ २०, २०७७
    आर्थिक खबर

    कोरोनाको कहरः कतार एयरवेजले २० प्रतिशत कर्मचारी कटौती गर्ने

    आईतवार, ४ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ३ जेठ । कोरोना भाइरस संक्रमणले विश्वको अर्थतन्त्र लडखडाएको छ । विश्वकै अर्थतन्त्रमा कोरोनाले गम्भीर असर पारेको छ । कोरोना संक्रमण फैलिएपछि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । कोरोना भाइरसको संक्रमणपछि कतार एयरको ब्यापारमा मन्दी आएको छ ।  विश्वब्यापी कोरोना भाइरस महामारीपछि कतार एयरवेजको उडानमा धेरै कटौती भएको छ । ब्यापारमा मन्दी आएपछि  विश्वका हवाई कम्पनीमध्येकै ठूलो कतार एयरवेजले २० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । 

    कतार एयरवेजका सीईओ अकवर अलवाकरले कोरोना भाइरसका कारण ब्यवसाय धरापमा परेकोले आफ्ना २० प्रतिशत कर्मचारी कटौती गर्न लागेको कुरा बुधबार बीबीसीलाई बताएका छन् । कतार एयरवेज कतारको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी हो । नोबेल कोरोना भाइरसका कारण सबैभन्दा बढी एयरलाइन्स कम्पनीलाई असर परेकोले आफूले चाहेर नभई बाध्यताले एयरलाइन्सको मजबुत टिमबाट २० प्रतिशत कर्मचारी कटौती गर्न गइरहेको जानकारी अलबाकरले दिएका छन् । कतार एयरवेजमा धेरै नेपाली कर्मचारी रहेकोले यसको असर नेपालमा पनि पर्ने देखिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast