शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    सुत्केरी महिलाको मृत्यु भएपछि सिन्धुपाल्चोकका तीन वडा सिल

    शनिबार, ३ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, ३ जेठ।  सिन्धुपाल्चोक बाह्रबिसेकी एक सुत्केरी महिलाको मृत्यु भएपछि त्यहाँका तीन वडा सिल गरिएको छ। सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकाको ९ राम्चे, बलेफी गाउँपालिकाको ७ र ८ सिल गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।

    अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन्। धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको छ। कोरोना भाइरस परीक्षणको क्रममा उन आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। उनको पीसीआर विधिबाट कोरोना परीक्षणको लागि स्वाब पठाइएको छ।

    उनमा कोरोना भाइरसको सम्भावित सङ्क्रमित रहेकाले सतर्कता अपनाइएको तामाङले जनाएका छन्। सिल गरिएका वडा मृतक महिलाको गाउँ र माइती गाउँ क्षेत्र पर्छन्। माइती गाउँबाट आफन्तहरू ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो।

    शनिवार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद् व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका बासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ। महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ।

    ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेनटाइनमा राख्ने पनि निर्णय भएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast