शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    भारतमा बिहीबारमात्रै करिब ४ हजार कोरोना संक्रमित थपिए

    शुक्रबार, २ जेष्ठ २०७७, आहाखबर

    नयाँ दिल्ली- भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उच्च दरमा बढ्दै गएको छ। बिहीबारमात्रै झण्डै चार हजार नयाँ संक्रमित थपिएका छन्।
    बिहीबार भारतमा तीन हजार नौ सय ४२ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै त्यहाँ संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ।
    गएको २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ९८ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ।
    अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् भने ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन्।
    कोरोना संक्रमण बढ्दै गएपछि विगत दुई महिनादेखि भारत लकडाउनमा छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast