शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    अमेरिकामा तीन करोड ६० लाखभन्दा बढी बेरोजगार, सन् १९३० को मन्दीको भन्दा पनि खराब अवस्था

    शुक्रबार, २ जेष्ठ २०७७, आहाखबर

    कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा तीन करोड ६० लाखभन्दा बढी बेरोजगार भएका छन्। यो संख्या सन १९३० पछिकै सबैभन्दा बढी हो।

    गत वर्ष अक्टोबरमा मात्रै अमेरिकी इतिहासकै सबैभन्दा बढी रोजगारी सिर्जना भएको थियो। रोजगारीका अवसर बढ्दा बेरोजगार भत्ताको लागि आवेदन दिने मानिसहरु निकै कम भइसकेका थिए। कोरोना भाइरसका असरले मानिसहरू घरबाट बाहिर निस्कन नै गाह्रो परेपछि यतिबेला भत्ताका लागि आवेदन दिने बिस्तारै बढ्न थालेका छन्।

    अहिले अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। १४ लाख ५० हजारभन्दा बढी अमेरिकी संक्रमित छन् भने ८५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। परीक्षण र उपचार जारी रहे पनि संक्रमणको फैलँदो दरका कारण औद्योगिक व्यापारिक कारोबारहरू प्रभावित छन्। 


    अहिले बेरोजगारी भत्ताका लागि दाबी गर्ने कम भए पनि अमेरिकाको बेरोजगरी दर सन् १९३० को मन्दीको भन्दा पनि खराब रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    बेरोजगार हुनेहरुमा धेरै निम्न आय भएका करिब ४० प्रतिशत कामदार छन्। अमेरिकाको बेरोजगारी दर गत महिनामै १५ प्रतिशत पुगिसकेको थियो। अहिले ३० लाख मानिसले मात्रै रोजगारी पाइरहेको पनि अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast