शनिबार, जेष्ठ २४, २०७७
    सावधान

    मिर्गाैला रोगबाट पीडित कांग्रेस नेता बस्नेतको निधन

    शुक्रबार, २ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, २ जेठ। नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा  तेजबहादुर बस्नेतको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला रोगबाट पीडित उहाँको ६६ वर्षका उमेरमा  बिहान ७ बजे काठमाडौँमा निधन भएको छोरा दीपले जानकारी दिनुभयो । 


    बस्नेत नियमित डायलायसिस गर्ने भएपछि काठमाडौँमा बस्दै आउनुभएको थियो ।   विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नुभएका बस्नेत प्रजातन्त्र प्राप्तिका लागि  लामो समय कारागार बस्नुभएको थियो ।  त्यागी नेता बस्नेत महासमिति सदस्य र क्षेत्रीय सभापतिसमेत हुनुभएको थियो ।

    उहाँले हेटौँडा सिमेन्ट कारखानाको कार्यसमिति सदस्यलगायत  विभिन्न  निकायमा रहेर काम गर्नुभएको थियो । उहाँको दाहसंस्कार दाङको  शीतलपुरघाटमा गरिने परिवारले जनाएको छ । बस्नेतको निधनप्रति  कांग्रेस दाङले दुःख व्यक्त गरेको छ । पार्टी जिल्ला सभापति कीर्तिबहादुर खड्काले उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast